नेपाली कांग्रेस कोसी प्रदेश कार्यसमितिले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ।
इलाम २ का लागि आंकाक्षीहरूमध्ये पहिलो नम्बरमा भेषराज आचार्यलाई राखिएको छ। दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम छ।
खड्का २०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए। नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि यो क्षेत्र खाली छ।
पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका नेता हुन्।
कांग्रेले नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ।
कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ।
इलाम-२ को उपनिर्वाचनका लागि एमालेबाट दिवंगत नेता नेम्बाङ पुत्र सुहाङ उम्मेदवारका रुपमा खडा हुँदैछन्।
Shares
प्रतिक्रिया