उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै कार्कीलाई सोमबार नै राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाएका छन्
गत फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो।
कार्कीले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हालेका छन्।
78
Shares
प्रतिक्रिया