नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा एमालेकै उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेको छ।
यस विषयमा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच छलफल भएको छ।
स्रोतका अनुसार इलाम २ मा माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। सत्ता गठबन्धनको मुख्य घटक एमाले हो।
‘इलाम २ मा उम्मेदवार नबनाउने पहिले नै निर्णय भइसकेको छ, गठबन्धनमा भएकोले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय हुन्छ,’ स्रोतले भन्यो, ‘अब यसबारे विज्ञप्ति वा प्रवक्ताले आधिकारिक धारणा सार्वजनिक गर्नु हुनेछ।’
माओवादी महासचिव देव गुरुङले गठबन्धनमा छलफल हुँदा सहमति जुटे सोच्न सकिने बताए।
‘गठबन्धनमा नेताहरूबीच सहमति जुटिसकेको भए अर्कै कुरा, नत्र यसबारे छलफल भइरहेको छ,’ गुरुङले नेपालखबरसँग भने, ‘यदि त्यसो नभए हामी उम्मेदवार उठाउन तयार छौँ।’
Shares
प्रतिक्रिया