नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएको बताएका छन्।
दिवंगत नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक विचार गोष्ठीलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले। उनीहरू आउँछन्, लटरपटर बनाउँछन् जान्छन्’, थापाले भने, ‘हामीलाई इमान्दार मान्छे चाहियो। हामीलाई गति र मति भएका दुवै मान्छे चाहिएको छ।’
थापाले पार्टीभित्र पनि राजनीतिक फोहोर रहेको बताए। ‘हामीले हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुछ’, थापाले भने, ‘फोहोरलाई कार्पेटमुनि राखेर हुँदैन। हाम्रो मति कतिपय ठाउँमा बिग्रेको छ, शुद्ध बनाउनैपर्छ।’
सम्बोधनका क्रममा थापाले परिवर्तन होस् भन्ने जनताको चाहनालाई उग्र कुरा गर्नेहरूले दुरुपयोग गर्ने चिन्ता व्यक्त गरे।
‘राजनीतिमा उग्र कुरा गर्नेहरू आउन थाले’, उनले भने, ‘हामीले यी सबै कुरालाई सुधार्दै अब अगाडि जानुपर्छ भन्ने हो।’
भिडिओ
Shares
प्रतिक्रिया