नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा मुछिएका जीबी राईबारे जानकारी गराउन गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन्।
राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद गुरुङले उक्त माग गरेका हुन्।
गृहमन्त्री लामिछानेसँग भने, ‘यसअघिका बैठकमा पनि हामीले सोधेका थियौँ। गृहमन्त्रीले मलेसियामा रहेको र रेड नोटिस जारी भएकोबारे बताउनुभएको थियो। अब ती कहिले समातिन्छन्?’
उनले यसलाई गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनिएको भन्दै आपत्ति जनाए।
‘यो कस्तो छलफल हो? यसरी सभापतिले बैठक राख्न पाउनुहुन्न’, उनले भने, ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेर जे पायो त्यही बैठक राख्ने? यसमा गम्भीर आपत्ति छ।’
57
Shares
प्रतिक्रिया