नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन्।
सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताइका हुन्।
उनले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाखदेखि दुई लाख लिएर पठाइरहेको छ। कतिले काम पाइरहेको छैन। भनेको कम्पनी पाइरहेको छैन। बेरोजगार भएर जेलमा बस्नुपरेको छ। सरकारले यसमा पहलकदमी लिओस्। विदेश पठाउँदा नेपाली दाजुभाइलाई महिनाको एक लाख तलव तोकियोस्।’
सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुनःनिर्माणको लागि रकम दिने भनेपनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरूलाई भुक्तानी दिन माग गरे।
Shares
प्रतिक्रिया