खरिदकर्ताको चासो बढेपछि सीके एसेट होल्डिङ्स लिमिटेडले हङकङमा आफ्नो ब्लु कोस्ट परियोजनाका थप इकाइको बिक्री खोल्ने भएको छ।
शनिबार साँझसम्म १३८ इकाइका लागि ८ हजारभन्दा बढी बोलपत्र परेपछि कम्पनीले थप ११० इकाइको बिक्री खुला गर्न लागेको हो।
ब्लु कोस्ट सीके एसेट र एमटीआर कर्पोरेसन लिमिटेडको संयुक्त परियोजना हो। र, यो हङकङका धनाढ्यहरूबीच लोकप्रिय जिल्लामा अवस्थित छ।
गत हप्ता प्रकाशित कम्पनीको विज्ञप्तिअनुसार खरिदकर्ताले केही खरिदमा १५ प्रतिशतसम्म छुट पाउने उल्लेख गरिएको थियो। यही छुट लगायतका कारणले खरिदकर्ताहरू ब्लु कोस्टका परियोजनातर्फ आकर्षित भएको हुनसक्ने अनुमान गरिएको छ।
त्यसो त यस वर्ष हङकङको आवासीय बजार कमजोर रहने विभिन्न अध्ययनको प्रक्षेपण छ। यूबीएस ग्रुप एजीले यस वर्ष ५ प्रतिशतले आवासीय बजार घट्ने अनुमान गरेको हो।
घर खरिदकर्ताहरू पनि ब्लु कोस्ट जस्ता नयाँ परियोजनातर्फ आकर्षित भइरहँदा यसले दोस्रो बजारमा मूल्य घटाउनका लागि दबाब सिर्जना गरिरहेको विश्लेषण गरिएको छ। (ब्लुमबर्ग)
Shares
प्रतिक्रिया