ad ad

राजनीति


रेशमविरुद्ध खनिए टीकापुरका मेयर, पार्टीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप

रेशमविरुद्ध खनिए टीकापुरका मेयर, पार्टीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप

तस्बिर : रिपोर्टर्स क्लब नेपाल


नेपालखबर
चैत १९, २०८० सोमबार १६:३६, काठमाडौँ

कैलालीको टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले व्यक्तिगत स्वार्थमा देखाउँदा विवाद बढेको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीमा रेशमका कारण देखिएको विवाद गत फागुन २१ गते संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै झन् चुलिएको उनले बताएका छन्।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताको म्यान्डेडअनुसार सरकारमा सहभागी भएर ०८४ मा नाउपालाई राष्ट्रिय पार्टी बनाउने पक्षमा आफूहरू रहेको बताए।

तर रेशम चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूरपश्चिम सरकारमात्रै सहभागी हुन खोजेको जिकिर उनले गरे।

‘पछिल्लो समय सत्ता समीकरण परिवर्तन भएको छ। त्यो समीकरणलाई मध्यनजर गर्दै हामी सुदूरपश्चिममा जनताले दिएको म्यान्डेटअनुसार सरकारको नेतृत्व गर्ने पक्षमा थियौँ। लुम्बिनी र संघमा पनि हामीलाई जनताबाट म्यान्डेट आएको छ', उनले भने, ‘त्यही म्यानटेडअनुसार नयाँ गठबन्धनको समीकरणसँग मिलेर सत्तामा जानुपर्ने कुरा केन्द्रीय समिति बैठकमा बढाइरहेका छौँ। यसलाई हाम्रो संरक्षकले मान्नुभएको छैन। त्यहीकारण विवाद देखिएको छ। टीकापुर महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनेपछि विवाद आएको छ। त्यहाँ पनि रेशमले मान्नु भएको छैन।’

आफूहरूले नाउपालाई राष्ट्रिय पार्टी बनाउने कोसिस गर्दा रेशमले सुदूरपश्चिम सरकारको विषयलाई लिएर समस्या सिर्जना गरेको उनले बताए।

रेशमले व्यक्तिगत स्वार्थका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारलाई सघाइरहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .