ad ad

राजनीति


रेशमले बोलाए महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक

रेशमले बोलाए महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक

नेपालखबर
चैत १९, २०८० सोमबार २०:२७, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक डाकेका छन्।

फागुन २१ मा सत्ता गठबन्धन फेरिएसँगै गठबन्धनमा सामेल हुने विषयले नाउपामा रेशम र उनकी पत्नी रञ्जिता श्रेष्ठबीच विवाद उत्कर्षमा रहेको बेला रेशमले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बेलाएका हुन्।

आगामी चैत २३ र २४ गते काठमाडौँमा हुने बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई सक्कल नागरिकता र मतदाता परिचयपत्र बोकेर अनिवार्य उपस्थित हुन भनेका छन्।

सत्ता समीकरण फेरबदलसँगै निर्वाचन आयोगले रेशमलाई अध्यक्षमा मान्यता नदिएर रञ्जितालाई पुनःस्थापित गरेपछि गठबन्धनमा सामेल हुने विषयमा उनीहरुबीच तीव्र मतभेद छ।

रञ्जिता अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्नुपर्ने र रेशम सुदूरपश्चिममा कांग्रेसलाई सहकार्य गरेर अघि बढ्नु पर्ने पक्षमा छन्। सोही विवादले सोमबार बैठकमै रेशम पक्षका नेताहरूले रञ्जिता पक्षका नेतामाथि आक्रमण गरे।

नाउपाका केन्द्रीय सदस्य रमेश विकले त्यसअघि आइतबार सुदूरपश्चिम सरकार ढलेमा आफूसहित रामलाल डगौँरा, बलवीर चौधरी र लालवीर चौधरीलाई हत्या हुनसक्ने भन्दै धम्काएको पत्रकार सम्मेलन गरेर दाबी गरेका छन्।

रेशमलाल चौधरीले भने यसलाई अनावश्यक हल्ला भएको बताएका छन्। जसरी पनि आफूलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी नलाग्ने समेत उनले स्पष्ट पारे।

‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो? ज्यान मार्ने धम्कि कसले दियो? सुन्ने हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ। अनावश्यक हो– हल्लाको पछि नलागौँ,’ रेशमले सामाजिक सञ्जालमा लेखेका छन्।

आगामी चैत २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले गर्नेे निर्णय स्वीकार्ने बताउँदै उनले भनेका छन्, ‘पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .