ad ad

राजनीति


बागमतीमा रमा आलेमगरले लिइन् बिनाविभागीय मन्त्रीको शपथ

बागमतीमा रमा आलेमगरले लिइन् बिनाविभागीय मन्त्रीको शपथ

नेपालखबर
चैत २०, २०८० मंगलबार ९:२२, हेटौँडा

नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन्। सोमबार साँझ मन्त्रीमा नियुक्त भएकी आलेमगरले मंगलबार (आज) पद तथा गोपनियताको शपथ लिएकी हुन्।

नवनियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन्। 

सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो। 

उनी अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि उनलाई सोमबार नै मन्त्री नियुक्त गर्ने समझदारीपछि मात्रै प्रदेश सभा बैठकमा उपस्थित भएकी थिइन्। 

काठमाडौँको चन्द्रागिरी नगरपालिका निवासी आलेमगर ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। 

हाल उनलाई बिना विभागीय मन्त्रीको सपथ गराइएको हो भने मन्त्रालय केही दिनभित्रै टुंगो लाग्ने नेताहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .