एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) बरोडासँग खेल्दै छ।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।
उता आफ्नो पहिलो खेलमा गुजरातलाई ५ विकेटले हराएको बरोडा पनि नेपाली टोलीलाई हराउँदै लागातार दोस्रो जितको खोजीमा छ।
नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ।
शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।
327
Shares
प्रतिक्रिया