ad ad

राजनीति


इलाम–२ मा स्वतन्त्र उम्मेदवार थेगिमले गरे उम्मेदवारी दर्ता

इलाम–२ मा स्वतन्त्र उम्मेदवार थेगिमले गरे उम्मेदवारी दर्ता

नेपालखबर
चैत २४, २०८० शनिबार १५:१६, काठमाडौँ

आगामी वर्ष १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम–२ मा शनिबार उम्मेदवारी दर्ता भइरहेको छ। वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङसहितका उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका हुन्। 

यसैक्रममा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका अध्यक्ष समेत रहेका उनलाई विभिन्न ४१ घटकले साथ दिएका छन्। 

उनले पाचौँ नम्बरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

आ–आफ्नो सांस्कृतिक पहिरनसहित उपस्थित भएका थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि समर्थन रहने बताएका छन्। 

यस्तैm मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट मनिबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट यो पार्टीले १ हजार ३ सय ६३ मत प्राप्त गरेको थियो। त्यतिबेला पनि लिम्बु नै उम्मेदवार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .