प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई बोल्न अवरोध गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर विरोध गरे। कांग्रेस विरोधमा उत्रिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पनि आसनबाट उठे।
दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुशीला थिङलाई बोल्न समय दिए।
उनले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिन्।
‘रविको ठाउँमा अरु जो कोही भएको भए कानुन लाग्थ्यो होला। रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने, यो कस्तो सरकार हो? जवाफदेही हुन पर्छ कि पर्दैन?,’ उनले भनिन्।
अन्य केही विषय राखेर थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष सुमनलाई बोल्न समय दिए।
तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोकेका छन्।
सभामुख घिमिरेले संसदीय नियमावली सम्झाउँदै करिब २० दिनअघिदेखि नै सदनमा आएका कुराहरूमा बहस भएको भन्दै आज पनि बोल्न दिन आग्रह गरेका थिए। तर, कांग्रेसले अवरोध गरिरहेको छ।
Shares
प्रतिक्रिया