जर्मनीमा हुने आगामी युरोकपमा हाल कायम प्रतिटिम २३ खेलाडीको संख्या बढाउनेबारे यूईएफएले छलफल गरेको छ।
यूईएफएले सोमबार युरो २०२४ का लागि छनोट भएका टोलीका प्रशिक्षकहरुसँग छलफल गरेको हो।
युरोपियन फुटबलको नियामक निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यूईएफएले यसबारे धेरै विचार र छलफल गरेको छ। यसको अन्तिम निर्णय भने आगामी साताहरुमा गरिनेछ।’
दुई दिनको कार्यशालापछि यूईएफएको राष्ट्रिय टिम प्रतियोगिता कमिटीमा पुगेर कार्यसमितिले यसबारे अन्तिम निर्णय लिने बताइएको छ।
अहिले टोलीमा २३ खेलाडी समावेश हुँदै आएका छन्।
छलफलका क्रममा विभिन्न सुझावहरु आएको युइएफएले जनाएको छ। छलफलका क्रममा खेलाडीको संख्या धेरै बनाउँदा म्यानेजमेन्टलाई आर्थिक रुपमा भार पर्ने समेत बताएका थिए भने केहीले यसलाई सकारात्मक रुपमा समेत लिएका छन्।
78
Shares
प्रतिक्रिया