ad ad

राजनीति


राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी

राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १४:५४, काठमाडौँ

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन्।

फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्। 

राष्ट्रिय सभाको उपाध्यक्षका लागि भएको मतदानका क्रममा उपस्थित ५५ जनामध्ये ३९ जनाले घिमिरेको पक्षमा मतदान गरे।

त्यस्तै उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

पुडासैनीको प्रस्तावमा मतदानका क्रममा ५५ जना राष्ट्रिय सभा सदस्य उपस्थित थिए। यस्तोमा पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको छ।

राष्ट्रिय सभाको अध्यक्षमा यसअघि फागुन २९ गते नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन्। 

सत्तारूढ पाँच दलका शीर्ष नेताको सहमतिअनुसार घिमिरेलाई एमालेले उम्मेदवार बनाएको थियो। 

यस पदमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको थियो। तर समाजवादी र जनता समाजवादी दुवैले एमाले उम्मेदवारलाई नै साथ दिए। 

घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेका छन्। 

घिमिरे एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन्। घिमिरेले राष्ट्रिय सभामा कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन्। उनी २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा तत्कालीन प्रदेश ५ बाट विजयी भएकी थिइन्। 

उनले त्यसबेला नेकपाको तर्फबाट ८ हजार तीन सय ३८ मत ल्याएकी थिइन्। उनीसँग भिडेकी नेपाली कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेले ३२८८ मत ल्याएकी थिइन्। 

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १६ गते राजीनामा दिएपछि रिक्त उक्त पदका लागि बुधबार निर्वाचन भएको हो। 

राष्ट्रिय सभा उपाध्यक्षमा विजयी विमला घिमिरे २०७८ सालमा नेकपा एमाले कपिलवस्तुको इन्चार्ज पनि बनेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .