राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि प्रस्तावित नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत मात्रै परेको छ।
पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउन गरिएको पक्षमा १६ र विपक्षमा ३९ मत परेको हो। मतदानका क्रममा ५५ जना सदस्य उस्थित रहेको जानकारी राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बताए।
पुडासैनीको प्रस्ताव अस्वीकृत भएपछि अहिले एमाले उम्मेदवार घिमिरेको प्रस्तावमा मतविभाजन भइरहेको छ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा र मनोनीतसहित १-१ सांसदले मतदान गर्दैछन्।
108
Shares
प्रतिक्रिया