कर्णाली प्रदेशका मुख्यमन्त्री नवनियुक्त यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रदेश प्रमुख प्रमुख तिलक परियारले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।
कँडेल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको भागबन्डामा कर्णाली एमालेको भागमा परेपछि २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका थिए।
शर्माको राजीनामापछि प्रदेश प्रमुख परियारले सात दिनभित्र बहुमत पुर्याएर सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई समय दिएका थिए।
त्यही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
27
Shares
प्रतिक्रिया