तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई बिहीबार महालेखापरीक्षकमा नियुक्त गरेका हुन्।
मोरङ घर भएका राय यसअघि नेपाल सरकारको सचिव थिए। महालेखा परीक्षकमा नियुक्त हुन उनले सचिव पदबाट राजीनामा दिएका थिए।
उनलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
12
Shares
प्रतिक्रिया