नेकपा एमालेले आज (शनिबार) देखि ललितपुरको गोदावरीमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोना गरेको छ।
गोदावरीस्थित सनराइज सभाहलमा २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ।
एमालेले चितवन महाधिवेशपछि पहिलोपटक परिषद् बैठक आयोजना गरेको हो।
मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्प यात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्।
गोदावरीमा एमाले परिषद् बैठक सुरु हुनुअघिका केही तस्बिर-
Shares
प्रतिक्रिया