नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक १५ बुँदे प्रस्ताव पारित गर्दै सकिँदै छ।
हिजो शनिबार ललितपुरको गोदावरीमा सुरू भएको परिषद्को बैठकअन्तर्गत अहिले समापन समारोह चलिरहेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा प्रस्तुत दस्तावेजहरूमा समूहगत छलफल गरिएको थियो। समूह नेताहरूले समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरेपछि १५ बुँदे प्रस्ताव तयार पारिएको थियो।
एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव मनाउँदै छ। यस अवसरमा गोदावरीमा विशेष समारोह पनि हुँदै छ।
यस्तै पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव हलबाट पारित भएकाे छ।
नेकपा एमालेले हीरक महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको छ।
105
Shares
प्रतिक्रिया