सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको बैठकमा कतारका सरकार प्रमुखको भोलिदेखि हुने नेपाल भ्रमण र सरकारले गर्न लागेका लगानी सम्मेलन लगायत विषयमा आवश्यक निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
त्यसैगरी आजको बैठकले केही प्रहरी अधिकारीको नियुक्ति र बढुवाको पनि निर्णय गर्न सक्ने बताइएको छ।
नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाका लागि सिफारिस भएका छन्। त्यसैगरी दुईजना एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। उनीहरुको विषयमा पनि आजको बैठकले आवश्यक निर्णय गर्न सक्ने सम्भावना छ।
21
Shares
प्रतिक्रिया