नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा स्थापना भएको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन्।
महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरूको पनि उपस्थिति थियो।
कार्यक्रमको पूरा दृश्य हेर्नुहोस्-
आइतबार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो।
मुलुकको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार भण्डारीलाई सम्मान गरिएको एमालेले जनाएको छ।
तस्बिरमा हेर्नुहोस्-
Shares
प्रतिक्रिया