एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम- २ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन्।
त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका-३ स्थित सिंहदेबी मा।बि। शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्।
इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएपछि त्यहाँ उप निर्वाचन हुन लागेको हो।
सुहाङ नेम्बाङ सुभासका कान्छा छोरा हुन्। उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले पनि समर्थन गरेका छन्।
इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपनिर्वाचन सुरु भएको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
Shares
प्रतिक्रिया