बझाङ प्रदेशसभा निर्वाचन (क) मा उत्साहपूर्वक मतदान सुरु भएको छ।
निर्धारित समय बिहान ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आइरहेका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ। रासस
6
Shares
प्रतिक्रिया