प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा जारी मतदानमा ४० प्रतिशत मत खसेको छ।
आचार संहिता अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार, लगभग ४० प्रतिशभन्दा बढी मत खसिसकेको छ।
अहिलेसम्म मतदान कार्य सहज तरिकाबाटै अघि बढेको उनले जानकारी दिए। ८ वटा बुथका लगभग २५ वटा केन्द्रमा पुग्दा प्रत्येक बुथबाट २ सय ५० भन्दा बढी मत खसेको रिपोर्ट आएको उनले जानकारी दिए।
प्रत्येक मतदान केन्द्रमा खटिएका अधिकृतहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खसेको मतबारे रिपोर्ट गरिरहेको छ।
बिहानैदेखि शान्तिपूर्ण रुपमा निर्वाचन अघि बढेको आचार्यले बताए। इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्।
171
Shares
प्रतिक्रिया