प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनावको मतगणना करिब एक तिहाई सकिएको छ।
यस क्षेत्रमा सुरुदेखि नै एमालेले अग्रता लिइरहेको छ। तर पछिल्लो क्रममा कांग्रेसले मतान्तर घटाएका छन्।
हालसम्म बझाङमा १० हजार ८ सय २२ मत गणना भएकामा एमालेका दमनबहादुर भण्डारीले ३ हजार ९ सय २६ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी अभिषेकबहादुर सिंहले ३ हजार ४ सय ३१ मत सुरक्षित गरेका छन्।
भण्डारी अहिले ४ सय ९५ मतले अगाडि छन्। यसअघि उनको अग्रता ६ सयभन्दा बढी मत पुगेको थियो।
माओवादीका जनकबहादुर बुढाले २ हजार ८३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादु सिंहको पक्षमा १ हजार १ सय ९४ मत परेको छ।
कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।
1.2k
Shares
प्रतिक्रिया