बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई ९ मतले उछिन्दै एमाले अघि बढेको हो।
माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत ल्याएका छन्।
बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ।
यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।
आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।
573
Shares
प्रतिक्रिया