प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ।
कूल खसेको ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म २४ हजार ७ सय ३८ गनिसकिएको छ। अहिलेसम्म २ सय ६१ बदर भएका छन्।
यहाँसम्म आइपुग्दा सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म १० हजार ३ मत ल्याएका छन्।
यसपछि कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्काले अहिलेसम्म ६ हजार ९ सय ४४ मत पाएका छन्।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ५ हजार ५९१ मत प्राप्त गरेका छन्।
यसपछि रास्वपा उम्मेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४४३ मत ल्याएका छन्।
उनीहरूसहित इलाम २ मा जम्मा १९ उम्मेदवार छन्।
हेराैँ कसले कति मत ल्याए अहिलेसम्म?
१. सूर्य - १०००३
२. रूख - ६९४४
३ .घण्टी - १४४३
४. हलो - ५०
५. लाउड स्पिकर - ५९
६. कलम - २५८
७. मादल - १२
८. कुखुराको भाले - २२९
९. तीर - १५
१०. गोरुगाडाको चक्का पाङ्ग्रो - ५७
११. उडिहरेको माहुरी - २
१२. षट्कोण - १७
१३. डोजर - २२
१४. मुढा - ५५९१
१५. महिला - ०
१६. सिरिन्ज - १८
१७. माछा - ३
१८. कैँची - २
१९. जुँगासहितको अनुहार - १३
Shares
प्रतिक्रिया