इलाम क्षेत्र नम्बर २ मा जारी मत गणनामा गणकले गलत तथ्यांक सार्वजनिक गर्दा धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि झुक्किएका छन्।
आइतबार बिहानदेखि जारी मत गणनामा सोमबार दिउँसोदेखि कांग्रेसका डम्बर खड्कालाई उछिन्दै मुढा चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम अगाडि आएको गलत मत परिणाम बाहिरिएपछि साम्पाङ हौसिन पुगेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इलामको चुनावी नतिजाले ८४ मा देशमा स्वतन्त्रको शक्ति कुन स्तरको शक्ति बन्ने रै’छ भन्ने संकेत गरेको छ। नट ब्याड। अन्तिम नतिजा हेर्न बाँकी नै छ।’
2.1k
Shares
प्रतिक्रिया