रूपन्देहीमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबर्जस्ती करणी गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार यसबारे अनुसन्धान भइरहेको छ।
138
Shares
प्रतिक्रिया