इलाम क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक हुने क्रममा छ। अन्तिम मतपरिणामका लागि केही घन्टा अझै कुर्नुपर्ने देखिएको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४ सय ९२ र नेपाली कांग्रेसका डम्बर बहादुर खड्का १६ हजार २ सय २८ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर ६ हजार २ सय ६४ मतको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार मत कटाएका छन्। उनले १० हजार २ सय ५१ मत पाएका छन्।
रास्वपा उम्मेदवार मिलन लिम्बूले भने चार हजार मत कटाउन सकेका छैनन। उनले ३ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, अहिलेसम्म लगभग ५५ हजार हाराहारीमा मतगणना सकिइसकेको छ।
कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए।
फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, देउमाई, माईको ६,७,८ र इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा यो क्षेत्रमा पर्छन्।
यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया