इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ जितनजिक पुगेका छन्। इलाम नगरपालिकाका ११ मध्ये ८ वटा वडाको मतगणना सकिइसकेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ २५ हजार २ सय ६२ र नेपाली कांग्रेसका डम्बर बहादुर खड्का १९ हजार ५ सय ६० मत प्राप्त गरेका छन्।
हालसम्म ६३ हजार ६३ मत गणना भएको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार ७ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्।
कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए।
फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, देउमाई, माईको ६,७,८ र इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा यो क्षेत्रमा पर्छन्।
यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
294
Shares
प्रतिक्रिया