गत शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। ४२ मध्ये अब तीनवटा वडाको मात्रै गणना हुन बाँकी छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले २५ हजार मत कटाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १९ हजार मत ल्याएका छन्।
अहिले इलाम नगरपालिकाका ९, ११ र १२ को गणना भइरहेको छ।
यहाँका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्। बाँकी ११ मध्ये ४ वटाको गणना भइसकेको छ।
यो मध्ये वडा नम्बर ७ सुन्तलाबारीमा पर्छ, सुहाङ नेम्वाङको जन्मथलो। जहाँ उनले किशोरावस्था बिताएका थिए।
विसं २०२१ सालमा बनेको पूरानो शैलीको घर अहिलेपनि त्यहाँ छ। ४२ मध्ये ८० प्रतिशत वडामा आफैँ अगाडि हुँदै आएका सुहाङले आफ्नै वडामा भने दोस्रो भए।
सुहाङले यहाँ ५ सय ८९ मत पाउँदा कांग्रेसका खड्काले ६ सय ८० मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले २ सय २१ मत पाएका छन्।
यो वडामा १ सय १३ मत स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाएका छन्।
सदरमुकाम इलाम बजारसमेत पर्ने यो नगरपालिकामा कूल ३४ हजार ४५ मतदाता छन्। बजार क्षेत्र पर्ने भएकाले रास्वपाले यो क्षेत्रबाट घण्टीमा भोट खस्ने आकलन गरेका थिए।
तर, सोचेको जस्तो भइदिएन्।
Shares
प्रतिक्रिया