गत शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले २६ हजार मत कटाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार मत ल्याएका छन्।
अहिले इलाम नगरपालिकाका ११ र १२ को गणना भइरहेको छ। इलामका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्।
सुहाङले यहाँ २६ हजार ४० मत पाउँदा कांग्रेसका खड्काले २० हजार १६ मत पाएका छन्। मतान्तर ६ हजार २४ मतको छ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार २ सय २३ मत पाएका छन्।
357
Shares
प्रतिक्रिया