राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवायल बैठक बस्दैछ। शुक्रबार दिउँसो साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको हो।
बैठकका लागि सचिवालय सदस्यहरूलाई खबर भइसकेको छ।
शुक्रबारको बैठकमा समसामयिक राजनीतिको विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो।
साथै, आजको बैठकमा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबारे समीक्षा हुने पार्टीका एक सांसदले जानकारी दिए। उनका अनुसार, इलाम–२ मा पार्टीले ब्यहोर्नुपरेको हारबारे सचिवालय बैठकमा गम्भीर छलफल हुनेछ।
‘सबै साथीहरू आजको बैठकमा इलामकै कुरा गम्भीर रुपले समीक्षा हुनुपर्ने भन्दै आउनुभएको छ, त्यही विषयमा अलि धेरै छलफल होला,’ ती सदस्यले बताए।
त्यस्तै, आजको बैठकले केन्द्रीय समितिको बैठक बोलाउनेबारे पनि निर्णय रास्वपाका ती सांसदले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लाछिानेले ब्रिफिङ गर्नेछन्।
Shares
प्रतिक्रिया