राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ का जनताले पार्टीलाई सांकेतिक घण्टी बजाइदिएको ठहर गरेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले आगामी कार्यदिशाका बारेमा पार्टीलाई ‘रिभ्यु’ गर्ने लगायतका निर्णय गरेको छ।
इलाम-२को उपनिर्वाचनपछि बसेको यो पहिलो सचिवालय बैठक हो।
इलामको उपनिर्वाचनबाट पार्टी सुधारका विषयमा पार्टीमा गम्भिर छललफल भएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
महामन्त्री मुकुल ढकाललाई असार १ गतेदेखि पार्टीका साधरण सदस्यसम्म पुगेर छलफल गरेर प्रतिवेदन तयार पार्ने निर्णय भएको छ। जेठको दोस्रो सातादेखि महामन्त्री ढकाललाई यसैका लागि देश दौडाहमा निस्कने निर्णय पनि भएको छ।
‘पार्टी स्थापनाको दिनदेखी आजको दिनसम्म के कति सहि गर्यौँ, के कति गलत गर्यौँ, पार्टीमा गर्न पर्ने सुधारहरू के के हुनसक्छन्, आगामी कार्यदिशा के हुने लगायत एकपटक पार्टीलाई सम्पूर्णरूपमा रिभ्यु गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ।
यसअघि रास्वपाले केन्द्रीय समितिको बैठक वैशाख २९ का लागि तोकेको थियो। तर, महामन्त्री ढकालले प्रतिवेदन पेस गर्नेगरी बस्नेगरी बैठक पनि सार्ने निर्णय सचिवालय बैठकले गरेको छ।
Shares
प्रतिक्रिया