जापानकी विदेशमन्त्री कामिकावा योको आइतबार ( वैशाख २३ गते) नेपाल भ्रमणमा आउँदै छिन्।
उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएकी हुन्।
भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्।
जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछिन्।
12
Shares
प्रतिक्रिया