नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएको स्मरण गरेका छन्।
बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए,’ उनले सम्बोधनको क्रममा भने,‘कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’
निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।
त्यस्तै, सहकारीबारे गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि उनले बताएका छन्।
27
Shares
प्रतिक्रिया