जनता समाजवादीका संघीय परिषद् सदस्य अशोक राईले नयाँ पार्टी दर्ता गरेपछि यसले नेपाली राजनीतिलाई तरंगित बनाएको छ।
७ सांसदको हस्ताक्षर लिएर राई आइतबार दिउँसो निर्वाचन आयोग कार्यालय कान्तिपथ पुगेका थिए।
नयाँ दलको लागि निवेदन दिएको सांसद सुशीला श्रेष्ठले नेपालखबरलाई जानकारी दिइन्। यदी निर्वाचन आयोगले आधिकारिकता दिए जसपा औपचारिक रुपमा विभाजन हुनेछ।
तर, जसपा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ भने अशोक राईले दल विभाजन गर्न नसक्ने बताउँछन्।
‘कसरी बन्छ? अशोक राई सांसद हुनुहुन्छ, उहाँको श्रीमती पनि सांसद हुनुहुन्छ, अनि उहाँहरूले यतिकै पार्टी बनाउँछौँ भनेर बन्छ र भन्या?’ चेम्जोङले नेपालखबरसँग भने, ‘कानुनी, संवैधानिक बाटो खोज्नु परेन? अनि त्यो पूरा गर्नुभयो त त्यसरी? कसैले प्रयत्न, हल्ला गर्यो होला, तर, व्यवहारमा देखिदैँन।’
पार्टी विभाजन हुने ठाउँ नदिएको भन्दै यदी त्यो कदम अघि बढाइएको भए परिवक्व नहुने जिकिर गरे।
‘विभाजन हुने ठाउँ देख्दिनँ, किनभने, संवैधानिक र कानुनी हिसाबले हेर्नुपर्यो नि। मलाई के लाग्दैन भने, उहाँहरूले दल छोडेर पार्टी बनाउनुहुन्छ। बाबुराम भट्टराईले जस्तो पार्टी छोडेर नयाँ पार्टी बनाउने त्यो सम्मको त्याग अशोक राईबाट भयो भने पनि त्यो परिपक्व हुँदैन, सम्भव छैन,’ उनले भने।
Shares
प्रतिक्रिया