उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गर्दै संघीय परिषद् अध्यक्ष अशोक राइले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आइतबार राईले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरेका छन्।
रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ।
मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।
नयाँ दलको केन्द्रीय समिति ३० सदस्यीय बनाइएको छ।
जसपामा प्रतिनिधि सभातर्फ १२ सांसद छन्।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका उपेन्द्र यादव अमेरिका रहेका बेला जसपाका बहुमत सांसदले उनको साथ छोडेका छन्।
रोचक कुरा त, यादवले मन्त्री बनाएका नवलकिशोर साहले समेत उनको साथ छोडेका छन्। यादव निकट रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले पनि यादवलाई छोडेर राईलाई साथ दिएका छन्।
अहिलेसम्म यादवको पक्षमा राजकिशोर यादव, रेखा यादव, प्रकाश अधिकारी र दीपक कार्की मात्र छन्।
यदि नयाँ दलले मान्यता पाए यादवले ठूलो विभाजनको सामना गर्नुपर्नेछ।
Shares
प्रतिक्रिया