नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक सुरु भएको सांसद अम्मरबहादुर थापाले बताए।
आइतबार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि अध्यक्ष माधव कुमार नेपालले बैठक बोलाएका हुन्।
बैठकका एजेन्डाबारे केही खुलाइएको छैन।
अध्यक्ष नेपाल वर्तमान सत्ता गठबन्धनलाई छाडेर कांग्रेससँग गठबन्धन गर्ने प्रयास गरेपछि जसपा विभाजन भएको स्वयं जसपाका नेताहरूले बताएका छन्।
84
Shares
प्रतिक्रिया