जनता समाजवादी पार्टी नाम राखेर संघीय परिषद् अध्यक्ष अशोक राईसहितका नेताहरूले गरेको दाबी पेस जाँचबुझकै क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार सांसदहरूको सनाखत गर्ने काममात्रै सकिएको छ।
बाँकी जाँचबुझको प्रक्रियामै रहेको उनले बताए।
‘सांसदहरूको सनाखत गर्ने काम सकियो। उहाँहरूले पेस गर्नुभएको दाबी अहिले हामी जाँचबुझ गरिरहेका छौँ। अहिले नै के हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ पाण्डेयले नेपालखबरसँग भने।
आइतबार दिउँसो राईले ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोग पुगेर पार्टीको आधिकारिकता दाबी पेस गरेका थिए।
यसरी जसपा विभाजित भएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ।
जसपाका दुवै पक्षका नेताहरू सोमबार बिहानैबाट आन्तरिक छलफलमा जुटेका छन्।
264
Shares
प्रतिक्रिया