जनता समाजवादी पार्टी (जसपा) विभाजन गरेर नयाँ दल दर्ता गराएका अशोक राईले दलको मान्यता पाएका छन्।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई सोमबार नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो।
उपेन्द्र यादव नेतृत्वको दल फुटाएर उनले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले सोमबार मान्यता प्रदान गरेको हो।
निर्वाचन आयोगमा नयाँ दल जसपाको दल दर्ता नम्बर १९८ रहेको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको आयोगले जनाएको छ।
243
Shares
प्रतिक्रिया