नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन्।
सोमबार राजधानीमा आयोजित एक विमोचन समारोहलाई सम्बोधन गर्दै गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन भनिदिन समेत आग्रह गरे।
‘अध्यक्षलाई, नेतालाई, कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउँ भन्नुहोला,’ उनको आग्रह थियो।
साथै, उनले आफू अध्यक्ष ओलीको आलोचना वा खुट्टा तान्ने काममा नरहने पनि स्पष्ट पारे।
तपाईंलाई ढलाउनका निम्ति, तपाईको आलोचना गर्नको निम्ति, तपाईलाई खुट्टा तान्नको निम्ति म तपाईको पार्टीमा आउने होइन । म तपाईलाई सहयोग गर्न आउने हो ।
बामदेव गौतम उसै बामदेव गौतम नभएको भन्दै उनले मर्ने बेलामा हसिँया हतौडाको झण्डा ओढेर मर्न पाउनुपर्ने बताए।
‘बामदेव गौतम त्यसै बामदेव गौतम भएको छैन। यो मान्छेलाई नमर्दासम्म प्रयोग गर्नुस हो तपाईंहरूले। मैले भनेको थिए। अब यो के गर्नु हुन्छ हेर्र्दै जाउँ। नमर्दासम्म मैले काम गरिरहन पर्छ। मरेपछि त्यो हसिँया हतौडाको झण्डा ओढेर मर्न पाउनुपर्छ,’ उनले भने।
Shares
प्रतिक्रिया