नेपाली सेनाका सहायक रथी जीवनप्रसाद दाहाल उपरथीमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को वैशाख २० गतेको निर्णय अनुसार प्राड विवाकका प्राड सहायक रथी दाहाल प्राड उपरथी दर्जामा पदोन्नती भएका हुन्।
दाहाललाई आज प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
साथै, उनलाई सोही विवाकको जिम्मेवारी दिइएको छ।
कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नती भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो।
3
Shares
प्रतिक्रिया