सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति छ।
यही वैशाख २८ गते संसद्को बर्खे अधिवेशन सुरु हुँदै छ।
त्यसअघि सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दुवै दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।
54
Shares
प्रतिक्रिया