बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन्। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बनेका हुन्।
उनको स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दियो।
अक्सिजनको लेभन कम भएर स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको हो।
काठमाडौँमा कुन अस्पतालमा उपचार हुने भन्ने यकिन भइसकेको छैन।
414
Shares
प्रतिक्रिया