उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालय र व्यक्तिगत रुपमा उठेका प्रश्नहरूको जवाफ दिनका लागि संसद्मा बोल्ने अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।
सोमबार सभामुख घिमिरेलाई पत्र लेख्दै गृहमन्त्री लामिछानेले आफ्नो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरीका बारेमा संसद्मा बोल्ने समय मिलाउन आग्रह गरेका हुन्।
‘जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरुले उठाउनु भएको विषयमा आम नागरिकलाई जानकारी गराउनु मेरो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको हुँदा यहि २८ गतेबाट चालु हुने अधिवेशनको थयाशक्य प्रारंभिक दिनहरुमा संसदमा उपस्थित भै गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरुको सम्बन्धमा उजूरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ सम्लग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ उनले पत्रमार्फत् भनेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद्मा बोल्न समेत अवरोध गर्दै आएको छ।
Shares
प्रतिक्रिया