प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
आजको बैठकमा पनि कांग्रेस सांसदहरूले सोही माग राख्दै नाराबाजी गरेका थिए। त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
48
Shares
प्रतिक्रिया