सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख घिमिरे छलफलमा जुटेका हुन्।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
आज पनि सोही माग राख्दै कांग्रेसले संसद्मा नाराबाजी गरेको थियो। त्यसपछि अहिले दलका प्रमुख सचेतकहधसँग छलफल चलिरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार केहीबेर पछि पुनः बैठक सुरु गर्ने तयारी छ।
120
Shares
प्रतिक्रिया